माघ दोस्रो हप्ता कोरोना उत्कर्षमा पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण



काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या न्त्रालयले माघ दोस्रोसाता कोरोना भाईरस उत्कर्षमा पुग्ने प्रक्षपण गरेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा ईपिडिमियोलोजी तथा रोग नियान्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले नेपालमा कोभिडको अवस्थाबारे तथ्यांङ्क सार्वजनिक गर्दै माघ दोस्रो साता तिर १९ हजार वढी कोरोना सक्रमित पुग्ने बताएका छन् ।

साथै दैनिक संक्रमितको संख्या १९ हजार भएपछि अस्पताल भर्ना हुनेको संख्यामा पनि बृद्धि हुनसक्ने प्रक्षेपण समितिमा पेस गरेका छन् । साथै उक्त समयमा करिब ९ हजार अस्पताल भर्ना हुँदा ३ सय ८४ क्रिटिकल अवस्थाका र एक हजार वढी जटिल प्रकृतिका विरामि हुने पनि प्रक्षेपण गरेका छन् ।

मन्त्रालयले छिमेकि देश भारतका नेपालसंग सिमा जोडिएका जिल्लामा कोरोना संक्रमित बढेपछि नेपालमा पनि संक्रमित बढेको प्रक्षेपण सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्