ह्वात्तै बढ्यो कोरोना : आज एकै दिन १० हजार बढी संक्रमित



काठमाडौँ : नेपालमा आज कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पछिल्लो २४ घण्टामा १० हजार वढीमा कोरोना पुष्टि भएको छ ।

आज १० हजार २ सय ५८ संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा ५ सय ६२ संक्रमणमुक्त भएका छन् भने थप एक संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्