यस वर्षको दशैंटिका असोज १९ गते



काठमाडौँ : यस वर्षको दशैंटिका आगामी असोज १९ गते परेको छ । नेपाल पञ्चाङ्ग निर्णाय समितिले आगामि वर्ष २०७९ को चाडपर्व सहित तयार पारेको पात्रो अनुसार यस वर्षको दशैंटिका असोज १९ गते परेको हो । भने कार्तिक १० गते भाईटिका परेको छ ।

भदौ २६ गतेबाट असोज ९ गतेसम्म सोह्र श्राद्ध, असोज १० गते घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी र असोज १९ गते विजयादशमी परेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिएका छन् ।

उनका अनुसार कार्तिक ६ गते काग तिहार, ७ गते कुकुर तिहार र लक्ष्मीपुजा, ८ गते गाईपूजा परेको छ भने सोहि दिन सुर्य ग्रहणपनि लाग्ने छ । साथै कार्तिक १० गते गोर्बध्दन, म्ह पूजा र भाईटिका परेको छ । साथै आगामी वर्ष विवाहका लागि ५६ वटा लगन जुरेका छन् ।

प्रतिक्रिया दिनुहोस्