विश्वभर थपिए करिब २९ लाख संक्रमित



काठमाडौं :  विश्वभर पछिल्लो २४ घण्टामा २८ लाख ८६ हजार ९६३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३३ करोड ४८ लाख नाघेको छ।

पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिकसंक्रमितको संख्यासमेत उच्च हुन थालेको हो। पछिल्लो २४ घण्टामा अमेरिकामा ४ लाख ६४ हजार, फ्रान्समा ४ लाख ६५ हजार, इटलीमा २ लाख २८ हजार, बेलायतमा ९४ हजार संक्रमित थपिएका छन्।

सो अवधिमा १५ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ७ हजार ७७३ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७७ हजारभन्दा बढी संक्रमित थपिँदा ४४२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्