खोप अभावपछि काठमाडौँमा भेरोसेलकाे बुस्टर डोज कार्यक्रम रोकियो



काठमाडौँ :  खोप अभाव भएपछि काठमाडौँमा भेरोसेलकाे बुस्टर डोज कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेका अनुसार कोभिशिल्डको बुस्टरडोज कार्यक्रम भने निरन्तर चलिरहेको छ ।

भेरोसेल खोपको मौज्जात नै कम भएको र सबै अस्पताल तथा खोप केन्द्रलाई दुई-तीन सय पठाउँदा अस्ति नै सकिएको काफ्लेले बताएका छन् । उनले भेरोसेलको बुस्टर डोज लगाउने मानिसले केही समय अझै कुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्