पूर्वाञ्चल विश्वविद्यालयको सबै परीक्षा स्थगित



काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालयले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ ।

परीक्षा नियन्त्रक प्रा.मोहन बहादुर बस्नेतले आज सूचना जारी गरेर पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष\सेमेष्टर) का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू स्थगित गरिएको जानकारी दिएका हुन् । उनका अनुसार ९ माघदेखि माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गरिएको हो ।

सार्वजनिक सूचना

पूर्वाञ्चल विश्वविद्यालयद्वारा पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सवै संकाय अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (बर्ष\सेमेष्टर) का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू विश्वव्यापी रूपमा फैलिएको COVID-19 (ओमिक्रोन भेरिएण्ट) को तीब्र संक्रमणका कारण जोखिम बढेको हुँदा मिति २०७८र१०र०९ गतेदेखि २०७८ माघ मसान्तसम्मका सम्पूर्ण परीक्षाहरू स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रा.मोहन बहादुर बस्नेत
परीक्षा नियन्त्रक

 

 

Avatar

प्रतिक्रिया दिनुहोस्