पेट्रोलियम पदार्थको मुल्यवृद्धि बिरुद्ध अनेरास्ववियु सडकमा



काठमाडौँ  : पेट्रोलियम पदार्थ भएको मुल्यवृद्धि बिरुद्ध अनेरास्ववियुले पोखरामा प्रर्दशन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले मुल्यवृद्धि फिर्ताको माग गर्दै सडकमा स्कुटर र बाइक डोर्याउँदै प्रदर्शन गरेको हो ।

नेपाल आयाल निगमले बुधबार साँझ पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा अहिलेको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको हो ।

पोखराको मानव अधिकारचोक देखि महेन्द्रपुलसम्म विद्यार्थीहरुले मोटर साइकल र स्कुटर नचलाई डोहोर्‍याएका थिए । उनीहरुले स्कुटर र मोटरसाइकलका अगाडी ‘मूल्यवृद्धि फिर्ता गर’, ‘२४ लाख डोज खोप खै रु’ भन्ने कार्ड राखेका थिए । अनेरास्ववियु कास्कीका सहसंयोजक सन्तोष पोखरेलले सरकारले मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्