कोशी अस्पतालका १ सय २२ स्वास्थ्यकर्मी कोरोना संक्रमित



काठमाडौँ : कोशी अस्पतालका १ सय २२ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हाे । अस्पतालमा कार्यरत संक्रमित स्वास्थ्यकर्मीमा कुनै लक्षण भने देखिएको  छैन।

मेसु चुमनलाल दाससहित १ सय २२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । २२ जना विशेषज्ञ चिकित्सक, ४१ नर्स, ११ जना पारामेडिसिन र ८ जना प्रशासनका कर्मचारीलगायत संक्रमित भएका छन् ।

ठुलो सङ्ख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपनि अस्पतालको सेवामा असर परेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्