कोरोना संक्रमित एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य



काठमाडौँ : कोरोना संक्रमित नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताईको छ । कोरोना संक्रमण पुष्टि भएदेखि ओली भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।

केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

साथै विज्ञप्ति मार्फत अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद समेत दिइएको छ

प्रतिक्रिया दिनुहोस्