आज १२ हजार ८ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु



काठमाडौँ  : नेपालमा आज १२ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । आज २५ हजार ९ सय ९ नमुना परिक्षण गरिएकोमा उक्त सङ्ख्यामा संक्रमित थपिएका हुन् । आज थपिएका सँगै नेपालमा सक्रिय कोरोना सङ्क्रमितको संख्या ८८ हजार ९ सय ३४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४० संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा आजसम्म कोरोना संक्रमितमध्ये ८ लाख २७ हजार २ सय  ७९ जना निको भएका छन् । भने ११ हजार ३ सय ३७ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्