विद्यालय जान पाउँदैनन् टोपेहरु



 

सिमकोट :    उमेर भर्खर पाँच वर्ष । पढाइ सुरु गर्नुपर्ने बेला, तर यो उमेरमा टोपे ९गुम्बाको पूजारी बन्न गुम्बामा जानुपर्ने । यो उनीहरुको रहर नभए बाध्यता हो । हिमालपारिको गाउँ नाम्खा गाउँपालिका–६, लिमीको चलन हो यो । 

आठ वर्षको उमेरमा गुम्बामा टोपे हुन पस्नुभएका २१ वर्षीय कन्जोक राङ्डोला तामाङ अहिलेसम्मको आफ्नो समय गुम्बामै बितेको बताउनुुहुन्छ । बौद्ध ज्ञान बाहेक अन्य पढाइलेखाइ गर्न नपाउनुभएका तामाङलाई अहिलेको प्रविधिबारे खासै जानकारी छैन् । गुम्बाको बसाइप्रति भने उहाँ सन्तुष्ट नै हुनुहुन्छ । 

गाउँको चलनअनुसार घरको कान्छो छोराले गुम्बामा टोपे बस्नैपर्ने नियमअनुसार आफू बसी रहेको तामाङले बताउनुुभयो । बाहिरी संसारबाट बिमुख लिमी हल्जी गुम्बाका टोपे तामाङलाई अहिले भने दिग्दारी लाग्न थालेको छ । 

 

आजको गोरखापत्र दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्