शर्मा भन्छन् : कोरोना पुष्टिपछि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति खेलबाड



काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमित एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएको प्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत महामन्त्री शर्माले ओलीतिर संकेत गर्दै कोरोना संक्रमणपछि आइसोलेसनमा नबस्नु नागरिक जिवन प्रति गम्भिर खेलवाड भएको बताएका छन् । कोरोना पुष्टि भएका ओली कार्यक्रमहरूमा निस्कने गरेका छन् । 

केही दिनअघि दोस्रो पटक कोरोना संक्रमित भएका शर्माले संक्रमण पुष्टि पछि आइसोलेसन बस्नु हरेक नागरिकको जिम्मेवारी भएको समेत बताएका छन् । साथै उनले आफू आइसोलेसन बसेर आजदेखी पाटी संगठनको काममा फर्केको समेत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्