थप १० जना कोरोना संक्रमितको मृत्यु, ६ हजार ८२७ मा संक्रमण



काठमाडौँ : नेपालमा आज कोरोना संक्रमित हुनेको संख्या कम रहेको छ । पछिल्लो समय ह्वात्तै बढेको संक्रमण दर आज ६ हजारमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको । यस्तै कोरोना संक्रमणका कारण आज एकै दिन १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

यस्तै २४ घन्टामा ५ हजार ४ सय ३२ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संकमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्