५ हजार ९ सय २४ संक्रमित निको, ४ हजार ९ सय जनामा संक्रमण



काठमाडौँ : नेपालमा आज कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार वढी कोरोना संक्रमित थपिँदा ५ हजार वढी निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज ४ हजार ९ सय ५ जनामा कोरोना पुष्टि भएको छ । भने ५ हजार ९ सय २४ संक्रमित संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार १०१ पिसिआर परिक्षण गर्दा ३३१८ र ४४६१ एन्टिजेन परिक्षण गर्दा १५ सय ८६ गरी जम्मा ४ हजार ९ सय ५ जनामा कोरोना पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।

यस्तै नेपालमा हालसम्म ११ हजार ७ सय ३ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा ८७ हजार ३ सय २९ जना सक्रिय संक्रमित रहेका छन् । भने नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.५ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार आज थप २ लाख ७२ हजार ७४८ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् । हालसम्म १ करोड ६५ लाख २७ हजार ७४१ जनाले पहिलो मात्रा, १ करोड ४० लाख १५ हजार ३२४ जनाले दोस्रो मात्रा र ३ लाख ३३ हजार ८३५ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्