मधेशी आयोगले किसान आन्दोलनको अनुगमन गर्ने



काठमाडौं । मधेशका विभिन्न स्थानमा जारी किसानको आन्दोलन र त्यसमा राज्यद्वारा बल प्रयोग गरिएको घटनाका विषयमा मधेशी आयोगको ध्यानाकर्षण भएको छ ।
आयोगले आइतबार विज्ञप्ती जारी गरी आन्दोलन र त्यसमा राज्यद्वारा गरिएको बल प्रयोगको विषयमा आयोगमा उजुरीहरु प्राप्त भएको पनि जनाएको छ ।
राज्यले संयमित भएर समाधानार्थ कार्य गर्नुपर्ने र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नु मानवअधिकारको उल्लंघन रहेको आयोगले ठहर गरेको छ ।
जारी किसान आन्दोलनबारे स्थलगत अनुगमन गर्न आयोगका सदस्यहरु जिवछ साह, रेणु देवी साह र विजय गुप्तालाई जिम्मेवारी सुम्पिएको छ र सो को प्रतिवेदन प्राप्त हुना साथ आयोगले बैठक बसी आवश्यक प्रक्रिया अगाडी बढाउने आयोगको विज्ञप्तीमा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्