कोरोना संक्रमितको विवरण पठाउन प्रयोगशालाहरुलाई आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालाहरुलाई कोरोना संक्रमितहरुको एकिन तथ्यांक दिन अनुरोध गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरिएन्ट सहित कोभिड–१९ संक्रमण बढिरहेकोले यसको व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु प्रयोग गरी परीक्षण गरिएको नतिजाको सम्पूर्ण विवरण सरकारी निकायहरुलाई दिन भनेको हो ।
मन्त्रालयले विवरण पठाउनका लागि आवश्यक ढाँचासहितको पत्र प्रयोगशालाहरुलाई पठाएको छ ।
जानकारी नगराएका संघ, संस्था, निकाय, नियोगहरुले परीक्षणको नतिजा ष्लाय२भमअम.नयख.लउ मा इमेल तथा कल सेन्टरको निः शुल्क नम्बरमा पनि पठाउन मन्त्रालयले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्