बाढी-पहिरोमा परि ब्राजिलमा १८ जनाको मृत्यु



एजेन्सी : भारी वर्षपछि आएको बाढी-पहिरोमा परि ब्राजिलमा १८ जनाको मृत्यु  भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ब्राजिलमा दुईदिन यता भीषण बाढी आएको हो ।

बाढीको सबैभन्दा वढी प्रभाव ब्राजिलको साओपाओलो सहरमा परेको छ भने बाढीका कारण कयौंँ मानिस विस्थापित भएका छन् ।

साओपाओलो राज्यका गभर्नर जोयो दोरियाका अनुसार  राज्यको प्रहरी र सेना तथा अरु पनि उद्धारकर्मीहरु उद्धारका लागि जुटिरहेका छन् । बाढीपछि उक्त राज्यमा आपतकाल घोषणा गरिएको छ भने २० हजार वढी मानिस घर छाडेर हिँडेका छन् । 

प्रतिक्रिया दिनुहोस्