युवा संघले स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी दिँदै



काठमाडौं : नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी गरेको छ।  मन्त्री खतिवडाले २४ लाख डोज भ्याक्सिन गायब गरेको भन्दै उजुरी दिन लागेको संघले विज्ञप्तिमार्फत् जनाएको हो ।

संघले मंगलबार (भोलि) अख्तियारमा गएर उजुरी दिने बताएको छ। कोरोना महामारीको जोखिम बढिरहेका बेला सर्वसाधारणको पहुँचमा पुर्‍याउनुपर्ने खोप गायब गरेको भन्दै छानबिन मागसहित उजुरी गर्न लागेको संघका संयोजक किरण पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्