नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै



काठमाडौं : नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्दै छ ।

बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणका बारेमा छलफल हुने बताइएको छ ।

भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा हुने बैठकमा विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमासमेत छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्