हावाहुरीले गर्दा मधेश प्रदेश सभाको वार्षिकोत्सव स्थगित



जनकपुरधाम : मधेश प्रदेश सभाको चौथो वार्षिकोत्सव स्थगित भएको छ। हावाहुरीसँगै पानी समेत परेको कारण जनकपुरधाम स्थित प्रदेश सभाको परिसरमा वार्षिकोत्सव समारोहको सम्पुर्ण तयारी गरिएपनि, स्थगित गर्नु परेको वार्षकोत्सव मुल समारोह समितिका संयोजक शैलेन्द्र यादवले बताएका छन्।

उनले भने, ‘हामीले सम्पूर्ण तयारी पूरा गरेका थियौँ, माननीयज्युहरू पनि समारोहमा सहभागी हुन समयमै आइपुगेको थिए, तर हावाहुरीले समारोहका लागि बनाइएका पण्डाल र मञ्च नै उडाउँदा वार्षिकोत्सव स्थगित भएको हो।’

कार्यक्रमका लागि बिहान ११ बजेको समय तोकिएको थियो, प्रारम्भ पूर्व निर्धारित कार्यक्रमअनुसार रक्दान कार्यक्रम भएपनि हवाहुरीले अन्य सबै कार्यक्रम स्थगित गर्नु परेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

ुसो समारोहका लागि प्रत्येक वर्ष्झैँ यस वर्षपनि ३० लाख रूपैया छुटयाइएको थियो, सोही अनुसार व्यवस्थापन पनि गरिएकोले क्षतिको अनुमान यकिन त भन्न सकिँदैन तर सोही अनुसार हुन सक्ने अनुमान गरिएकोु, संयोजक यादवले भने ।

अब कहिले वार्षिकोत्सव मनाइनेबारे संयोजक यादवले समारोह समिति बैठक बसेर मौसमको प्रतिकुलता हेरेर नयाँ मिति निर्धारण गरेर आयोजना गरिने बताए । यता निरन्तर भइरहेको वर्षाले प्रदेशको राजधानी जनकपुरधाममा ठाउँ ठाउंमा विद्युत अवरूद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्