प्रधानमन्त्री बाहुबली भइसक्नुभयो : सांसद यादव



काठमाडौं : समाजवादी पार्टी नेपालका सांसद प्रदिप यादवले सरकारले संघियतालाई खतरामा पार्ने गरी बजेट विनियोजन गरेको आरोप लगाएका छन् । सिंहदरबारलाई महाशक्तिशालि बनाउने गरी बजेट आएको बताए ।

साना योजना पनि केन्द्र मातहत हुँदा प्रदेश सरकारलाई समस्या भएको बताए । उनले भने ‘५ लाखको योजना पनि केन्द्रले गर्ने, १० लाखको योजना पनि केन्द्रले गर्ने , प्रदेशले चाहिँ के गर्ने ? सभामुख महोदय प्रदेशले चाहिँ पशुपतिनाथको मन्दिरमा गएर घण्टा बजाउने कि प्रदेश चलाउने ?’ उनले सबै योजना केन्द्रमै राख्ने भए प्रदेशको औचित्य कै भनी प्रश्न गरे ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सहरी विकास मन्त्रालय अन्तर्गत प्रादेशिक योजनाहरू नछुट्याईएकोमा आपत्ति जनाए ।उनले भने ‘ सबै मन्त्रीहरू निरीह  प्राणी भइसक्नु भएको छ,  प्रधानमन्त्री बाहुबली  भईसक्नुभयो, बाहुबलिको डरले कुनै मन्त्रीहरुलेपनि प्रभावशाली योजना ल्याउन सक्नुभएन ’उनले प्रादेशिक गौरवका योजनाहरू ल्याउनुपर्ने माग गरे ।

उनले वीरगन्जमा  सहरी विकाश प्राधिकरण गठन गर्नुकालागि बजेटको व्यवस्था गर्नुपर्ने माग गरे । 

प्रतिक्रिया दिनुहोस्