बहालबाला गभर्नरद्वारा पूर्वगभर्नर तथा अर्थमन्त्रीप्रति कटाक्ष



काठमाडौँ  : नेपाल राष्ट्र बैंकको थापाथली भवन गभर्नर डा. चिरञ्जीवि नेपालले उद्घाटन गरेका छन् । सो भवनका लागि आफूले निकै संघर्ष गर्नुपरेको बताउँदै उनले राष्ट्र बैंक छोडेर गएकाहरुले नै सहयोग नगरेको बताए ।

 

उनको यो अभिव्यक्ति अर्थमन्त्री डा. युवराज खतिवडाप्रति लक्षित देखिन्थ्यो । खतिवडा नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर हुन् । गभर्नर नेपालले पुरातत्व विभाग प्रमुख भेषनारायण दाहालले आफूहरुलाई सहयोग गरेको तर राष्ट्र बैंक छाडेर गएकाले आफूलाई सहयोग नगरेको बताए । दाहाल पनि केन्द्रीय बैंकको पूर्वकर्मचारी हुन् । गभर्नरले  भने, ‘राष्ट्र बैंक छोडेर गएका उच्च अधिकारीले असहयोग गरिरहेका छन् ।

 

भूकम्पबाट क्षतिग्रस्त  भएपछि २ अर्ब ५५ करोड २० लाख रुपैयाँ लागतमा थापाथलीमा नयाँँ भवन निर्माण कार्यको शुरु भएको छ । सोही निर्माण कार्यको शिलान्यास आज गभर्नरले गरेका हुन् ।

 

भवन निर्माणका लागि  विलिल कन्टेक जेभीसँग सम्झौता भएको छ । थापाथली भवन निर्माणका लागि बोलपत्र आव्हान गरिएको थियो । १४ बोलपत्र आएकोमध्ये सबैभन्दा कम लागतमा बनाउन बोलपत्र पेश गरेको बिलिल कन्टेक जेभी छनौट भएको हो । 

 

सम्झौताअनुसार ३० महिनामा सम्पूर्ण निर्माण कार्य सकिसक्नुपर्नेछ । १८ महिनामा सबै  ब्लकको स्ट्रक्चरको कार्य, २४ महिनाभित्र फिक्चर र फाइल पेन्टबाहेक फिनिसिङको कार्य गर्नुपर्ने र ३० महिनामा सम्पुर्ण कार्य गरिसक्नुपर्नेछ । सो सम्झौताअनुसार काम गर्न नसकेमा १८ महिना पछि नै जरिवाना लगाउन सकिने प्रावधान छ ।

 

तीन वटा ब्लक निर्माण हुनेछ  । ब्लक ए मुख्य बैकिङ कार्यालय भवन, ब्लक बि मा क्यान्टिन र हेल्थ क्लब र ब्लकसि मा सेक्युरिटी ब्लक रहेनछ । २ लाख ४२ हजार २ सय ७६. ३५ र्वफिटमा क्षेत्रफलमा ती ब्लकहरु निर्माण हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्