पेरुका प्रधानमन्त्रीले दिए राजीनामा 



काठमाडौं : पेरुका प्रधानमन्त्री हेक्टर भ्यालेरले राजीनामा दिएका छन् । गत हप्ताको मंगलबार मात्रैप्रधानमन्त्री बनेका भ्यालेरमाथि घरेलु हिंसाको आरोप लागेसँगै उनले पदबाट राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री भ्यालेरले सन् २०१६ मा आफ्नी पछिल्लो श्रीमती र छोरीमाथि हात उठाएको अभियोग लागेको छ। सो अभियोगको समाचार तीव्र रुपमा बाहिरिएपछि प्रधानमन्त्रीको चर्को आलोचना भएको थियो। उक्त अभियोगपछि त्यहाँका राष्ट्रपति पेड्रो क्यासिलोले ६ महिनाभित्रमा चौथो नयाँ मन्त्रीमण्डल गठन गर्ने बताएका थिए।

घरेलु हिंसा गरेका प्रधानमन्त्री भ्लालेरले राजनीतिक अधिकारको दुरुपयोग गरेको आरोप लगाइएको छ। प्रधानमन्त्री भ्यालेरले भने आफूमाथि झुटो आरोप लागेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्