कमलपोखरीमा पार्क बनाउन प्रहरी चौकी बाल मन्दिरमा सारिने



काठमाडौं : सरकारले महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालयलाई नक्साल सार्ने प्रस्ताव स्वीकृत गरेको छ । यही जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालयलाई नक्सालको मालिगाउँमा सार्ने प्रस्ताव स्वीकृत गरेको हो । 

गृह मन्त्रालयको प्रस्तावमा कमलपोखरी प्रहरीलाई मालिगाउँमा रहेको बाल मन्दिरको जग्गामा सार्ने निर्णय भएको हो । 

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले आज (बिहीबार) मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै प्रहरी चौकी सार्ने निर्णय भएको बताए ।

काठमाडौं महानगरपालिकाले ‘बृहत कमलपोखरी’ योजना अघि सार्दै प्रहरी वृत्त खाली गर्न निर्देशन दिइएको थियो । महानगरले हाल प्रहरी वृत्त रहेको ठाउँमा पार्क बनाउन खोजेको काठमाडौं प्रहरी परिसरका एक वरिष्ठ अधिकृतले बताए । 

उक्त जग्गा साढे ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । विकल्पका रुपमा मालीगाउँको भवन प्रयोग गर्न सुझाइएको थियो । तर, स्थानीयबासीले त्यसको विरोध गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्