नेपाली सेनाले हस्तान्तरण गर्‍यो सैनिक संग्रहालय



पाल्पा । नेपाली सेनाले पाल्पाको तानसेन नगरपालिका–४ मा विभिन्न ऐतिहासिक युद्ध सामग्री, हातहतियार, पोशाक, आभूषण तथा बिभुषण र महत्वपूर्ण दस्तावेजहरु समाविष्ट गरी निर्माण गरेको पाल्पा दरबार सैनिक संग्रहालय संग्रहालयका प्रमुखलाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, तानसेन नगरपालिका नगर प्रमुख, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख, ईतिहासबिद्, समाजसेवी, प्राध्यापक तथा नेपाल पत्रकार महासंघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्