ए डिभिजन लिग : फ्रेन्ड्स र जावलाखेलको बराबरी



काठमाडौं : सहरी प्रतिद्वन्द्वी फ्रेन्ड्सविरुद्ध ३-३ गोलको विजयी भएसँगै जावलाखेल युथ क्लबले रेलिगेशनबाट दबाबमुक्त हुने अवसर गुमाएको छ । पहिलो हाफमै ३-० को अग्रता बनाएको जावलाखेल अंक बाँड्न बाध्य भएको हो ।

रेलिगेसन ब्याटल बराबरीसँग जावलाखेलले ११ खेलबाट १० अंक ११औँ स्थानमा रह्यो । यता, फ्रेन्ड्स भने सात अंकसहित १३औँ स्थानमा झरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले पहिलो हाफमै ३ गोल गरेको थियो । जावलाखेलको जितमा लोइक एमजीमी कोउआहिमले दुई गोल गर्दा रुपबहादुर लामाले एक गोल गरे ।

फ्रेन्ड्सका कप्तान नाथनियल जड गार्सियाले एक गोल गर्दा जमोउल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । यता, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० र च्यासल युथ क्लबले गोलरहित बराबरी खेले ।

जारी लिगमा १० खेलबाट २६ अंकसहित मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । लिगका पुछारका दुई क्लब भने दोस्रो डिभिजनमा घटुवा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्