इन्टरमाथि लिभरपुलको जित



काठमाडौं । इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेको छ। इटालीको सान सिरोमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले २-० जित निकालेकाले हाे

उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले १-१ गाेल गरे ।योसँगै लिभरपुलले तीन अङ्क जोडेको छ । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो  । रोबर्टोले खेलको ७५औं मिनेटमा गोल गरे । ८३औं मिनेट सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो। अब दोस्रो लेगका लागि लिभरपुलले इन्टरलाई २२ मार्चमा आतिथ्य गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्