तुलाधरको अन्त्येष्टि शोभाभगवतीमा



काठमाडौं : वामपन्थी नेता तथा अधिकारकर्मी पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिने भएको छ । काठमाडौंको लाजिम्पाटमा रहेको निवासबाट दिउँसो १ बजे शव यात्रा निकालिने र त्यसपछि शोभाभगवतीमा बौद्ध परम्परा अनुसार अन्येष्टि गरिने आफन्तले बताएका छन् ।

मष्तिष्कघात र मृगौला समस्याबाट ग्रसित ७८ वर्षका तुलाधरको आइतबार उपचारकै क्रममा निधन भएको हो । 

२०५२ सालमा स्वास्थ्य तथा श्रममन्त्री बनेका तुलाधर २०५६ सालमा राजनीतिबाट निष्क्रिय भएपछि मावनअधिकार अभियन्ताका रुपमा चर्चित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्