गृहमन्त्रीको निर्देशन : ‘बालकुमारी मन्दिरबाट मूर्ति चोर्नेलाई कारबाही गर्नु’



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले ललितपुर महानगरपालिका सुनाकोठीको बालकुमारी मन्दिरको मूर्ति चोरलाई कारबाही गर्न निर्देशन दिएका छन्।

शनिवार आयोजित सुनाकोठीको बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति पुनःस्थापना, क्षमा पूजा र अनुसन्धानमा संलग्न पदाधिकारीलाई सम्मान कार्यक्रममा गृहमन्त्री खाणले सार्वजनिक सम्पत्तिको सुरक्षामा गतिशील भएर लाग्न ललितपुरको प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।

‘सार्वजनिक सम्पत्तिको खोजीनीति गर्न ललितपुर प्रहरी अझै गतिशील भएर लागोस्। मूर्ति चोरी गर्ने चोरहरू कारबाहीमा परुन्। म गृह मन्त्रालयको तर्फबाट उहाँहरूलाई निर्देशन दिन चाहन्छु,’ गृहमन्त्री खाणले शनिवार आयोजित कार्यक्रममा भने, ‘मन्दिरको सुरक्षाका लागि मन्दिर व्यवस्थापन समितिका साथीहरूसँग बसेर ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूले कार्ययोजना बनाउनुहोस्।’

माघ ८ गते हराएको बालकुमारी माताको मूर्ति २० दिनपछि माघ २८ गते भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्