एमसीसी संसद्‌मा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न दिने निर्णय गरेको छ । शनिबार बसेको स्थायी समति बैठकले सो निर्णय गरेको हो ।

एमसीसीबारे धारणा बनाउन बसेको बैठकको निर्णयबारे जानकारी गराउँदै पार्टी सचिव एवं सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भनिन्, ‘स्थायी समिति बैठकले एमसीसी सम्झौतलाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय भएको छ ।’

एमसीसीबारे सत्ता गठबन्धनमा विवाद बढ्दै गइरहेको अवस्था एकीकृत समाजवादीले टेबल गर्न नरोक्ने निर्णय गरेको हो । गठबन्धन दलभित्रै एमसीसीबारे विवादका कारण संसद्मा टेबल हुन सकेको छैन । यसअघि बसेको सर्वदलीय बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे निर्णय गर्न शनिबारसम्म समय मागका थिए ।

प्रतिक्रिया दिनुहोस्