बेलायती महारानी एलिजावेथलाई कोरोना संक्रमण 



एजेन्सी । बेलायतकी महारानी एलिजाबेथलाई काेराेना पोजेटिभ देखिएको छ । दरबारले आइतबार ९५ वर्षीया महारानी कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएको हो। महारानीलाई सङ्क्रमणको मध्यम लक्षण देखिएको छ।

उनले आफ्ना नियमित कामहरू भने जारी राख्ने दरबारलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन्। उनले निरन्तर चिकित्सकीय सहयोग लिनेछिन् र उचित निर्देशिका पालना गर्नेछिन्,’ दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसअघि राजकुमार वेल्सलाई १० फेब्रुअरीमा कोभिड भएको थियो । उनले दुई दिनअघि महारानी तथा आमासँग भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्