अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्धहरू घोषणा गर्ने



एजेन्सी । अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्धहरू घोषणा गर्ने भएको छ । मस्कोको ‘निर्णय र कदमहरू’लाई लिएर अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरू लगाउने ह्वाइट हाउसबाट आएका विवरणहरूमा जनाइएको बीबीसीले उल्लेख गरेको छ । “त्यस्तो घोषणाका लागि हामी साझेदारहरूसँग सहकार्य गरिरहेका छौँ,” एकजना प्रवक्ताले भने ।

राष्ट्रपति जो बाइडेनले युक्रेनको पृथकतावादी क्षेत्रमा अमेरिकी नागरिकलाई लगानी तथा व्यापार गर्न प्रतिबन्ध लगाएका थिए । यद्यपि, लुहान्स्क र डोनेट्स्कमा अमेरिकी नागरिकको कारोबार खासै छैन

प्रतिक्रिया दिनुहोस्