पोखरा कांग्रेस स्थानीय तह निर्वाचनमा जुट्यो



काठमाडौं । नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमिति आगामी स्थानीय तहको निर्वाचनको घोषणापत्र तयारीमा जुटेको छ ।

कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिका सचिवद्धय गणेशबहादुर थापा र टुवराज बास्तोला ‘विशाल’ले संयुक्त रुपमा प्रेश विज्ञप्ति जारी गरी ३० वैैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र बनाउने तयारी गरेको जानकारी दिएका छन्।

कार्यसमितिले घोषणापत्र निर्माणमा राजनीतिक कार्यकर्ता, युवा, विद्यार्थी, पत्रकार तथा नगरप्रेमी बुद्धिजिवीहरुको सक्रिय सहभागीताको अपेक्षा गरेको छ । महानगरका लागि आवश्यक योजनाबारे सुझाव दिन महानगरले आग्रह गरेको छ ।

कांग्रेसको सम्वन्धित समितिको सिफारिसमा केन्द्रीय कार्यसमितिले उम्मेद्वारको अन्तिम टुंगो नलगाएसम्म पार्टीको नाम जोडेर सामाजिक सञ्जाल तथा समाचारमार्फत उम्मेद्वारीको घोषणा नगर्न नगराउन पनि पोखरा महानगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्