आयोजक युवा टिम गोल्मढी र भक्तपुर फुटबल क्लब विजयी



भक्तपुर । भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा भक्तपुरमा भइरहेको भक्तपुर कप फुटबलको मंगलबारदेखि क्वाटरफाइनलका खेल सुरु भएका छन् ।

मंगलबारको दुईवटा खेलमा आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुर र भक्तपुर फुटबल क्वल (भक्तपुर एफसी) विजयी भएका छन् ।आयोजक भक्तपुर युवा टिमले बनेपा व्वाइज क्लबलाई १-० ले हराएको थियो । विजेताकोतर्फबाट क्रिजल खडकाले गोल हानेका थिए ।

दोस्रो खेलमा भक्तपुर एफसीले छोर्गान फुटबल क्लबलाई १-० ले नै पराजित गरेको हो । भक्तपुर एफसीकोतर्फबाट खेल सुरु भएको ५८ औँ मिनेटमा अजय चौधरीले गोल गरेका थिए । खेल स्थानीय महेश्वरी खेल मैदानमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्