ओलीको टार्गेटमा सर्वोच्चको ४ न्यायाधीश



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयले एमालेलाई समाप्त गर्ने दुस्साहस गरेको आरोप लगाएका छन्।

भक्तपुरमा बुधबार भएको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘सर्वोच्चका ४ जना न्यायाधीशले एमालेलाई पछार्ने प्रयास गरे, तर एमालेले आफ्नो खुट्टा टेकिसकेको छ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा ओली नेतृत्वको सरकारलाई हटाए शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। अध्यक्ष ओलीले एमालेले युद्ध हारेको तर मोर्चा नहारेकोसमेत उल्लेख गरे।

आत्मविश्वाससहित अध्यक्ष ओलीले आफ्नो ‘मेरो जून हरायो’ कविताको प्रसङ्ग उठाउँदै आफू पुनः शक्तिमा आउने सङ्केत गरे।

प्रतिक्रिया दिनुहोस्