संसद् भवनको सुरक्षामा कडाई : पर्खालमा लगाइयो काँडेतार



काठमाडौं । एमसीसी पास गरेरै छाड्ने मुडमा सरकार देखिएको छ । बिहीबारको बैठकमा एमसीसीको विषयमा छलफलतको तयारी गरिएसँगै संसद वरपरको शुरक्षा व्यवस्थामा थप कडाई गरिएको छ ।

अमेरिकी सहायक परियोजना एमसीसी सोमबार संसदमा टेबल भएपछि संसद् भवन आसपासमा दैनिकजसो भइरहेको बिरोध प्रदर्शनलाई मध्यनजर गर्दै भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार लगाइएको छ ।

एमसीसीको बिरोधमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भातृसंगठन, राप्रपा लगायतका अन्य दलहरुले दैनिकजसो संसदको वरपर शसक्त बिरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

बिहीबार बस्ने संसद्बैको ठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्