प्रतिष्ठानको उप-कार्यकारीमा पाण्डे



काठमाडौं । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप-कार्यकारी निर्देशकमा राजेन्द्र पाण्डे नियुक्त भएका छन् । दुई वर्षे कार्यकालका लागि नियुक्त भएका उनले बुधबार औपचारिक पद बहाली गरेका हुन् ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले पाण्डेलाई आइतबार उनलाई यो जिम्मेवारीमा नियुक्त गरेका हुन् । पाण्डे परराष्ट्र मन्त्रालयका पूर्व उपसचिव हुन् । यसअघि डा. रुपक सापकोटा प्रतिष्ठानका उप-कार्यकारी निर्देशक थिए । उनले गत ५ कार्तिकमा राजीनामा दिएपछि प्रतिष्ठानमा यो पद रिक्त थियो ।

सरकारको ‘थिंक ट्यांक’का रुपमा २०५४ मा स्थापना भएको प्रतिष्ठान परराष्ट्र मन्त्रालय मातहतको अर्धसरकारी निकाय हो। प्रतिष्ठानले नव नियुक्त राजदूत, महावाणिज्यदूत तथा परराष्ट्र सेवाका कर्मचारीलाई अनुशिक्षण तथा सेवाकालीन तालिम प्रदान गर्छ ।

परराष्ट्र नीति, आर्थिक कूटनीति, श्रम कूटनीति लगायतका विषयमा गोष्ठी र सेमिनार आयोजना गर्ने प्रतिष्ठानले यस्ता कार्यक्रमको निचोड परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायलाई पेश गर्छ ।

प्रतिक्रिया दिनुहोस्