कांग्रेस १६ जिल्लाको अधिवेशन फेरि स्थगित



काठमाडौं । नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ। फागुन १५ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो।

कांग्रेसले बुधबार एक सूचना जारी गर्दै ती जिल्लाको अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ। मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तु र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्