आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सूदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भू–भागका एकरदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। अहिले बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, लुम्बिनी तथा बाँकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्