तेस्रो स्थानको लागि आज नेपालले ओमानको सामना गर्दै



काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानको सामना गर्दैछ। अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि खेल्न लागेको हो ।

यी दुई टोलीबीचको खेल आज अपरान्ह ३ः४५ देखि अल अमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ। ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन । मंगलबार भएको सेमिफाइनलमा नेपाल यूएईसँग र ओमान आयरल्याण्डसँग पराजित भएको थियो । यूएई र आयरल्याण्ड भने क्वालिफायरको फाइनल पुग्दै अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हाने टी-२० विश्वकपका लागि छनोट भएका छन् । आजै यी दुई टोलीबीच क्वालिफायरको उपाधिका लागि पनि प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्