पल शाहले भने- नियोजित ढंगले फसाउन खोजियो



काठमाडौं । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीको खोजीमा परेका अभिनेता पल शाहले आफूलाई नियोजित ढंगले फसाउन खोजिएको बताएका छन् । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका हुन्।

शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ। फेसबूकमा उनले लेखेका छन्, ‘केही दिनअगाडि प्रसारित अडियो क्लिपमा गायिका समीक्षा अधिकारीद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ, ती सबै नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले ममाथि प्रहार गरिएको छ।’ अभिनेता शाहले आफूमाथि षड्यन्त्र भएको भनी आफ्नै साथी, म्यानेजर, भिडियो निर्माता तथा गायकको नाम उल्लेख गरी अडियोसमेत सार्वजनिक गरेका छन् ।

उनले आफू गलत भए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार रहेको उल्लेख गरेका छन्। नाबालिग गायिकालाई प्रयोग गरेर षड्यन्त्र गर्ने व्यक्तिहरु भन्दै पलले साथी दुर्गेश थापा, ठुल्दाइ सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईको नाम उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्