कुलमान पत्नी बनिन् राप्रपाको धादिङ उपाध्यक्ष



धादिङ । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङकी श्रीमती दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमा चयन भएकी छिन्। अध्यक्ष ध्रुव खनालका अनुसार कार्यसमिति सदस्यहरूबाट पदाधिकार मनोनयन गर्ने पार्टी विधान अनुसार तामाङलाई उपाध्यक्ष बनाइएको हो।

अध्यक्ष खनालका अनुसार कार्य समितिले अध्यक्ष नभएको अवस्थामा अध्यक्षको हैसियतले काम गर्ने जिम्मा सहित नीलकण्ठबाट श्यामसिंह ठकुरीलाई पनि उपाध्यक्ष बनाएको छ । यस्तै संगठन विस्तार गर्ने गरी बेनीघाट रोराङबाट उपाध्यक्षमा शालिकराम सिलवाल र पार्टीलाई आवश्यक स्रोत व्यवस्थापन गर्ने जिम्मेवारी सहित रुबीभ्यालीबाट घिसिङको श्रीमती दीपा तामाङलाई उपाध्यक्षमा चयन गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनित गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो । राप्रपा धादिङले जिल्ला अधिवेशनमा निर्वाचित २९ जना र विधान अनुरूप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्