रुसले युक्रेनमा पूर्ण आकारको हमला गर्‍यो : विदेशमन्त्री कुलेबा



एजेन्सी । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेको बताएका छन् । ‘पुटिनले युक्रेनमा पूर्ण आकारमा आक्रमण गरेका छन्,’ विदेशमन्त्री कुलेबाले भने ।

युक्रेनले आफ्नो रक्षा आफै गर्ने र विश्वले पुटिनलाई रोक्न सक्ने र रोक्नुपर्ने उनले बताएका छन् । रुसी सेनाले विखन्डनकारीको नियन्त्रणमा रहेको दोनबासको लुहान्सका र दोनेत्सकमा सैन्य कारबाही सुरु गरेको छ ।

पुटिनले आदेश दिएसँगै बिहीबार रुसी सेना सो क्षेत्रतर्फ बढेको थियो । पूर्वी युक्रेनमा गरिएका बिस्फोटका आवाज रुसको दक्षिण पश्चिम प्रान्तसम्म सुनिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्