बेच्न लैजाँदै गरकाे अवस्थाबाट ३७ चेलीकाे उद्धार



नेपालगन्ज : भारतको उत्तर प्रदेशबाट बेच्न लैजाँदै गरेकाे अवस्थामा ३७ नेपाली चेलीलाई उद्दार गरिएको छ। अन्य तीन जनालाई भने दिल्लीको एउटा कोठीबाट उद्धारकर्मीले नेपाल फर्काउन सफल भएका छन्।

 

३७ चेलीलार्इ गाजियावादको इन्द्रपुरमस्थित एक होटलको तीनवटा फ्लाटमा थुनेर राखिएको अवस्थामा उद्धार गरिएको हो। दिल्ली र यूपीबाट उद्धा गरिएका सबै चेलीलार्इ माइती इन्डियाको टोलीले नेपालगन्जस्थित माइती नेपालको कार्यालयलार्इ जिम्मा लगाएको छ।  

 

माइती इन्डियाका सञ्चालक बालकृष्ण पाण्डेका अनुसार ३७ जनालार्इ नेपालस्थित भारतीय दूतावासको समन्वयमा उत्तर प्रदेश प्रहरीको सहयोग लिएर उद्धार गरिएको हो। ३७ चेली सिन्धुपाल्चोक, कञ्चनपुर, बाँके, रुकुम, उदयुर, काठमाडौं, दाङ, इलाम, तेह्रथुम, उदयपुर, कपिलवस्तु, दैलेख, मोरङलगायत जिल्लाका रहेको माइती नेपालले जानाएको छ।

 

घर जान चाहने चेलीलार्इ घर पठाउने र जान नचाहने चेलीलार्इ सीपमूलक तालिम दिने सेन्टरमा राखिने माइती नेपाल नेपालगन्ज संयोजक केशव कोइरालाले बताए। उनका अनुसार नेपाली चेली भारतको कोठीमा सप्लाइ गर्ने काममा ३ भारतीय र २ नेपाली गरी ५ जनाको गिरोह सक्रिय छ।

 

एक नेपाली चेली भारतको कोठीमा पुर्‍याए बापत गिरोहले चार लाख लिने गरेको उद्दारकर्मीहरुले बताएका छन्। माइती भारतका संचालक बालकृष्ण पाण्डेका अनुसार उक्त गिरोहले नेपाली चेलीलार्इ यूपीमा दुर्इ दिनदेखि दुर्इ महिनासम्म यूपीमा राखेर दिल्लीको कोठी र खाडी मुलुक पुर्‍याउने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्