भारतमाथि आतंककारी संगठन आईएसको नजर, मन्दिर र चर्चामा विस्फोट गर्ने तयारी 



एजेन्सी : श्रीलंकामा सिरियल बम विस्फोटको जिम्मेवार लिने आतंककारी संगठन इस्लामिक स्टेट (आईएस)ले अब आफ्नो  निशाना भारतमाथि रहेको बताएको छ । 

तमिलनाण्डुको कोयंबटूरमा राष्ट्रिय जाँच एजेन्सी (एनआईए)ले १२ जुनमा आईएस समर्थक चार नेताहरुलाई गिरफ्तार गरिएको थियो । स्रोतका अनुसार आईएसले केही मन्दिर र चर्चामा श्रृंखलावद्ध हमला गर्ने योजना बनाइरहेको छ । यो सबै आईएसको योजनामा रहेको हो । 

भारतीय खुफिया विभागलाई यस विषयमा पत्र लेखेर चेतावनी समेत दिएको छ । खुफिया विभागले केरल पुलिस प्रशासनलाई पत्रको मार्फतबाट चेतावनी दिएको हो । स्रोतका अनुसार पत्रमा लेखिएको छ कि आईएसको विस्फोटबाट सिरिया र इराकमा धेरै नोक्सान भएको छ, त्यसैले आईएस अब हिन्द महासागर क्षेत्रतर्फ अघि बढ्दै छ । 

आईएसले अब अफ्नो समर्थबाट अ–आफ्नो देशमा बसेर नै सक्रिय रहने र योजनाहरुलाई अन्जाम दिने योजना बनाएको पत्रमा लेखिएको छ । कोच्चि र कोयंबटूरको केही महत्वपूर्ण क्षेत्रमा आईएसको निगरानिमा रहेको पत्रमा बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्