एमालेलाई पनि एमसीसीमाथिको छलफलमा सहभागी गराऔं : सिटौला



काठमाडौं । जसपा सांसद लीलादेवी सिटौलाले एमसीसीमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि सहभागी गराउनुपर्ने बताएकी छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीलाई राष्ट्रिय विषयमा छलफलका लागि संवाद गरी सहभागी गराउनुपर्ने बताइन् ।

प्रमुख दलका शीर्ष नेताहरूले जतिबेला एमसीसी ल्याउन छलफल गरे, त्यसबेला किन राम्ररी अध्ययन नगरेको भन्दै आक्रोश पोखिन् । उनले एमसीसी सम्झौता अनुमोदन गर्दा नेपालको परराष्ट्र नीति नै परिवर्तन हुने दाबी पनि गरिन् ।

सिटौलाले एमसीसी अनुमोदन भएपछि नेपालले अब कसरी असंलग्न परराष्ट्र नीतिको पक्षमा वकालत गर्छ भन्दै प्रश्न गरिन् । उनले व्याख्यात्मक घोषणाको थप व्याख्या गर्नुपर्ने उल्लेख पनि गरिन् ।

प्रतिक्रिया दिनुहोस्