उरुग्वेलाई बराबरीमा राेक्याे जापानले



एजेन्सी : कोपा अमेरिका फुटबलमा उरुग्वेले जापानसँग बराबरी खेल्दै अंक बाँडेको छ। उरुग्वेले जापानसँग २–२ गोलको बराबरी खेलेको हो।

खेलमा अग्रता जापानले २५ औं मिनेटमा कोजी मियोसीको गोलबाट लिएको थियो। गाकु शिबासाकीको पासलाई सदुपयोग गर्दै मियोसीले टोलीलाई अग्रता दिलाएका थिए। त्यसकाे सात मिनेटपछि ३२ औं मिनेटमा लुइस स्वारेजले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

मियोसी व्यक्तिगत दोस्रो गोल गर्दै ५९ औं मिनेटमा पुन जापानलाई अग्रता दिलाएका थिए। ६६ औं मिनेटमा जोस जिमेनेजले उरुग्वेका लागि बराबरी गोल फर्काए।

बराबरीको नतिजाका बाबजुत समूह 'बी' को उरुग्वे २ खेलबाट ४ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत छ। तेस्रो स्थानको जापानले पहिलो अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्