काठमाडाैंका मेयर विद्यासुन्दर शाक्य भन्छन् – पाँच वर्षकाे काम गरिसकें



काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले डेढ वर्षको अवधिमा धेरै काम गरिसकेको बताएका छन् । ‘म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले धेरै कुरा सिकेका छौं’, उनले भने, ‘हिजोभन्दा आज धेरै काम भएका छन् । यथार्थ धरातलमा रहेर समीक्षा गर्नुपर्छ ।’

 

सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मेयर शाक्यले सडकको पुनर्निर्माण भइसकेको पनि बताए । ‘यो आर्थिक वर्षलाई हामीले पूर्वाधार वर्ष घोषणा गरेर अघि बढेका छौं ।

 

महानगरले जिम्मा पाएको सहायक सडक बनाउने काम लगभग पूरा भएको छ’, उनले भने, ‘सडक बनाउने कामको लागि अब ५ वर्ष पर्खिनुपर्दैन ।’ उनले आफू आएपछि ६० प्रतिशत काम सम्पन्न भइसकेको पनि दाबी गरे । 

 

साक्षात्कारमा उनले पुनर्निर्माणसम्बन्धी काममा सम्पदा पुनर्निर्माणको २/४ काम बाँकी रहेको सुनाए ‘धरहराको काम सुरु भइसकेको छ । दरबार हाईस्कुल पुनर्निर्माण सुरु भइसक्यो ।

 

रानीपोखरी र काष्ठमण्डप मन्दिरको पनि काम सुरु हुन्छ’, शाक्यले भने, ‘काठमाडौं महानगरको भवन निर्माणको पनि काम छिट्टै सुरु हुन्छ । विवादले सुरु हुन नसकेको हो ।’

प्रतिक्रिया दिनुहोस्