इङ्ल्याण्डको लक्ष्य शीर्ष स्थान, श्रीलंका दोस्रो जितको खोजीमा



काठमाडौं : १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबार (आज) आयोजक राष्ट्र इङ्ल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ। लिड्समा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बाट सुरु हुनेछ। इङ्ल्याण्ड श्रीलंकालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने दाउमा रहँदा श्रीलंका भने दोस्रो जितको खोजीमा छ।

श्रीलंकाले यसअघिका पाँच खेलमध्ये दुई खेलमा हार र दुई खेलमा पानीको कारण खेल रद्द भएपछि अंक बाँडेको थियो। श्रीलंकाले एक खेलमा भने जित हात पारेको छ। पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको श्रीलंकाले दोस्रो खेलमा भने अफगानिस्तानलाई ३४ रनले पराजित गरेको थियो।

तर, त्यसपछिका दुई खेल लगातार पानीको कारण श्रीलंकाले अंक बाँडेको थियो। पाकिस्तान र बंगलादेशविरुद्धको खेल पानी परेपछि रोकिएको थियो। त्यसपछि अष्ट्रेलियाविरुद्ध भएको खेलमा भने श्रीलंका ८७ रनले पराजित भएको थियो।

यता, घरेलु इंग्ल्यान्डले भने आफूले खेलका पाँच खेलमध्ये ४ खेलमा जित र एकमा हार ब्यहोरेको छ। आफ्नो पहिलो खेलमा नै दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको इङ्ल्याण्डले दोस्रो खेलमा पाकिस्तानसँग १४ रनले पराजित भएको थियो।

तर, त्यसपछिको लगातार तीन खेलमा इङ्ल्याण्डले जित हात पारेको थियो। इङ्ल्याण्डले बंगलादेशलाई १०६, वेस्ट इन्डिजलाई ८ विकेट र अफगानिस्तानलाई १५० रनले हराएको थियो।

इङ्ल्याण्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी

प्रतिक्रिया दिनुहोस्