सेटिङमार्फत सेयर कारोबार हुने गरेको अर्थमन्त्री शर्माको आरोप



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली सेयर बजारमा सेटिङमार्फत कारोबार हुने गरेको उल्लेख गरेका छन् । बुधबार धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखसँगको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले विभिन्न अध्ययन एवं रिपोर्टले पनि यस्तो देखाएको दावी गरेका छन् ।

सेयर बजारमा इन्साइडर ट्रेडिङ धेरै हुने गरेको भन्दै अर्थमन्त्री शर्माले यसलाई रोक्नुपर्ने बताए । अन्य देशहरूमा आज किनेर आजै बिक्री गर्न सकिने प्रणाली रहेको भन्दै उनले नेपाली पूँजी बजारमा पनि यो भित्र्याउन पर्ने बताएका छन् ।

११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट प्रयोगकर्ता बजारमा रहेको भन्दै अर्थमन्त्री शर्माले लगानीकर्ताको हितका लागि पूँजी बजार विकास गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्